Prithvi Post

७ बैशाख २०८२, आईतवार

सरिता महर्जन
काठमाडौं सहर आजभोलि आधुनिक विकाससँगै गाडीहरुको भिडले भरिएको देखिन्छ । आहिलेको समयमा मानिसहरुको जीवन गाडी बिना कुनै पनि लामो यात्रा गर्न सक्दैन, जसका कारण गाडी मानिसको जीवनमा आवश्यक साधन बनेको छ । गाडी र सवारीसाधनले एक ठाउँबाट अर्को ठाउँमा सजिलैसंग यात्रा गर्न सक्ने भएकोले निजी सवारी साधन लिने व्यक्तिहरुको संख्या पनि उत्तिकै बढदै गएको छ । सवारी साधनको अत्यधिक चाप काठमाडौं सहरको सडकमा विहनैदेखि बेलुकासम्म गाडीको घुँचो हुन्छ । सार्वजनिक सवारी साधनको अत्याधिक चापका कारण काठमाडौं सहरको सडकमा बिहानदेखि बेलुकासम्म गाडीको घुइँचो हुन्छ । निजी सवारी साधनको प्रयोग तीब्र गतिमा बढीरहेको छ । सार्वजनिक सवारी साधन व्यवस्थापन कमजोर भएकोले धरैले आफ्नो निजी गाडी मोटरसाइकल वा स्कुटर प्रयोग गर्न बाध्य छन् । यसले ट्राफिक जाम, प्रदूषण, पार्किंग समस्या लगायतका चुनौतीहरू निम्त्याएको छ । आहिले सवारी साधनबाट काठमाडौं सहर वायु प्रदूषण निकै बढ्यको छ । वायु प्रदुषणले गर्दा स्वासप्रस्वास गर्न उतिकै मुस्किल भएकोले विभिन्न रोगहरूको सिकार भएको छ । काठमाडौंलाई वायु प्रदुषणमुक्त बनाउन छ भने सवारीसाधनको समयसमयमा यसको मर्मत गरिराख्न आवसक छ । वायु प्रदुषणमुक्त बनाउन साइकलको प्रयोग गरौ जस्बाट वायु प्रदूषण नियंत्रण हुन्छ । काठमाडौंमा गाडी चलाउनेको मात्रा अत्याधिक बढदै गएकोमा गम्भीर समस्या बन्दै गएको छ । यदि समयमै यसलाई हेरिएन भने त्यो झन् जटिल बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।