Prithvi Post

७ बैशाख २०८२, आईतवार

काठमाडौं । संयुक्त राष्ट्रवादी नागरिक विद्रोह २०८१ काठमाडौ नेपालले भोलि चैत्र २६ गते मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा गर्ने कार्यक्रममा सहभागी हुन सम्पूर्ण राष्टवादीहरुलाई आह्वान गरेको छ । संयुक्त राष्ट्रवादी नागरिक विद्रोह २०८१ सदस्य सचिव विरेसकुमार थापाद्धारा हस्ताक्षरित सोमबार प्रकाशित विज्ञप्तिमा विभिन्न राष्ट्रवादी तथा देशभक्त संघ संगठनहरूको साथ र सहयोगमा राष्ट्रिय झण्डा मुनि बृहद नागरिक विद्रोह सभाको आयोजना गर्न गइरहेको हुँदा सहभागी हुन अनुरोध गरिएको छ । आफूहरुको मागसँंग कार्यक्रम आयोजकका एजेण्डाहरू; वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, संवैधानिक राजसंस्था, शक्तिशाली प्रधानमन्त्री, वित्तीय अराजकताको अन्त्य, गाँजा लगायत बहुमूल्य जडीबुटी तथा वनस्पतिको वैधानिकिकरण, कृषि सेना तथा कृषि आधुनिकिकरण जस्ता मुद्दाहरूमा समानता देखिएकोले सहभागी हुन अनुरोध गरेको जनाएको छ । राष्ट्रवादी तथा देशभक्त नागरिक तथा संघ संस्थाहरुलाई उक्त कार्यक्रममा सशक्त रुपमा उपस्थिति भइ कार्यक्रमलाइ भब्य र सभ्य रुपमा सफल बनाउन अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।