Prithvi Post

७ बैशाख २०८२, आईतवार

बोडे । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ बोडेमा प्रत्येक वर्ष विस्का जात्राको अवसरमा वैशाख २ गते हुने जिव्रो छेडेन जात्रामा यो वर्ष पनि सुजन बाग श्रेष्ठले नै तेश्रो पटक जिव्रो छेडाउने भएका छन् । यस क्रममा सुजन बाग श्रेष्ठले विहीबार नायो पमाको घरमा गई दाम चढाउने काम गरेका छन् । परम्परा अनुसार जिव्रो छेडने व्यक्तिले नायो पमाको घर गई दाम चढाउनुपर्ने हुन्छ । सोही अनुसार यो काम सम्पन्न भएको मध्यपुर थिमि नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।