भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डको संयुक्त आयोजनामा विहीबारदेखि भक्तपुरको सल्लाघारी खुल्ला चौरमा “नवौं भक्तपुर औद्योगिक, कृषि, सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८१÷०८२” सुरु भएको छ । ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्र भक्तपुरको सल्लाघारीको तीनकुनेस्थित खुल्ला चौरमा सुरु भएको महोत्सव बैशाख ७ गतेसम्म संचालन हुने जनाइएको छ ।
महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु बिक्रीका लागि राखिएका छन् । औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुने जनाइएको छ । मेलामा मोवाइल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु रहेका छन् ।
महोत्सवमा साना बालबालिकाहरुका लागि बाल उद्यान संचालन गरिएको छ । मेला संयोजक दीपक थापाले महोत्सवमा ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु रहने जनाइयो । साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन हुने उनले जनाए । पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ । राष्ट्रियस्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा फेशन ¥याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने विश्वास लिइएको छ । महोत्सवस्थलमा स्थानिय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गरिएको छ ।
मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको छ । महोत्सवमा १ सय ५० स्टल रहेका छन् । करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने अपेक्षा लिएको छ । महोत्सवलाई व्यवस्थित गर्न रु ५० र रु ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ । यद्यपि विद्यार्थी र जेष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत यसबाट लाभ लिन सक्ने जनाइएको छ ।
’नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने नाराका साथ नवौं भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷०८२ भएको हो । नयाँ वर्ष २०८२ र भक्तपुरको प्रसिद्ध विस्काः जात्राको अवसरमा महोत्सव गरिएको हो । प्रत्येक वर्ष नयाँं वर्षको अवसरमा हुँंदै आएको यो महोत्वस कोरोनाका कारण दुई वर्ष स्थगित भएको थियो । मेलाको विहीबार संघीय सांसद दुर्लभ थापाले एक समारोहवीच उदघाटन गरे ।