काठमाडौं । राष्ट्र र राष्ट्रियता जोगाउने अभिभारा अब आम नेपाली नागरिकमा आएको कारण, यो विचारलाई प्रत्येक आम नागरिकको घरघरमा पुरयाउनका निम्ति राष्ट्रवादी नेपाली पात्रो तयार पारिएको छ । नागरिक विद्रोह सचिवालय सदस्य एवं सम्पर्क प्रमुख चिरञ्जीवी भट्टराईले यही शनिबार चैत्र ३० गते एलो पेगोडा होटल काठमाडौंमा उक्त नेपाली पात्रको विमोचन गरिने जनाए । विमोचनमा समाजका विशिष्ट व्यक्तिहरू, राजनीतिक व्यक्तिहरू एवं स्वतन्त्र विचारकहरुलाई विशिष्ट अतिथिको रुपमा बोलाइएको जानकारी पनि भट्टराईले दिए छ ।
पात्रोलाई पहिलो चरणमा तीन लाखसम्म वितरण गर्ने जनाइएको छ । दोश्रो चरणमा त्यसलाई वढाएर १० लाखसम्म पुरयाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1