Prithvi Post

७ बैशाख २०८२, आईतवार

काठमाडौ । राष्टवादी नेपाली भितेपात्रो शनिबार राजधानीमा भव्य कार्यक्रमवीच सार्वजनिक गरिएको छ । नागरिक विद्रोहले प्रकाशन गरेको भितेपात्रो सार्वजनिक गरेको हो ।

कार्यक्रममा भितेपात्रोलाई नेपालीको घरघरमा वितरण गरिने जनाइयो । पहिलो चरणमा तीन लाख परिवारमा वितरण गर्ने योजना रहेको कार्यक्रममा जानकारी गराइयो । साथै यसलाई वढाढर १० लाख परिवारसम्म पुरयाउने योजना रहेको पनि सुनाइयो । यसका लागि वितरण गर्न जिम्मेबारी पनि बाँंडिएको जानकारी गराइयो ।


कार्यक्रममा वक्ताहरुले अवस्था फेर्न व्यवस्था परिवर्तन आवश्यक रहेको बताए ।
राष्टिय प्रजातन्त्र पार्टीका वरिष्ठ केन्द्रिय उपाध्यक्ष दिलविकास राजभण्डारी, वरिष्ठ कानुनविद् बालकृष्ण न्यौपाने, ध्रुबलाल श्रेष्ठ, पत्रकार जीवराम भण्डारीलगायतले व्यवस्था परिवर्तन नभएसम्म अवस्था परिवर्तन नहुने भन्दै आन्दोलन जारी रहेको बताए । कार्यक्रम अभियन्ता रञ्जन खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।