Prithvi Post

७ बैशाख २०८२, आईतवार

रेणु त्वानाबासु
भक्तपुर । रातभरको प्रयासपछि पनि आइतबार विस्का जात्राको ल्योसिंद्य (लिंगो) उठाउन सफल भएन । भक्तपुरको विस्का जात्राको क्रममा उठाउने ५५ हात लामो लिंगो आइतबार राति १ बजेसम्म उठाउन प्रयास भए पनि सोमबार विहानसम्म उठाउन सफल भएन ।
नउठेको लिंगोलाई आज भए पनि उठाई आजै ढाल्ने परम्परा छ । आज दिउँसै उठाउन सफल भए पनि ढाल्न भने साँंझ मात्रै ढालिने परम्परा छ ।
दसकपछि यो वर्ष लिंगो उठाउन असफल भएको हो । यसअघिका वर्ष पनि कुनैकुनै बेला निर्धारित दिनमा लिंगो उठाउन नसकेको इतिहास छ । ५५ हात लामो अनि ठूलो भएका कारण लिंगो उठाउन सयौं युवालाई पनि घण्टौ लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।