Prithvi Post

७ बैशाख २०८२, आईतवार

चिरञ्जीवी भटराई
धुलोले ढाकिएको छ इतिहास हाम्रो,
जहाँ हरेक ईँटामा छ राष्ट्रको स्वाभिमान।
गुमेको त्यो गौरव, टुक्रिएको त्यो सपना,
फेरि उठ्न, हामीलाई चाहिएको छ एक बलियो थाम।

राजा थिए, जब देश एक थियो,
सपना पुरा गर्न एकताको गीत थियो।
आज हरेक गल्लीमा छ अविश्वासको आवाज,
समाधान होइन, झनै गहिरिएको छ समाज।

विदेशिएका छन् युवाहरू,
भविष्य खोज्दै पराई भूमिमा।
देशमा रोजगारी होइन,
छ सत्ताका वरिपरि भरिएका मानिसहरू।

अब नेतृत्वको खाँचो छ,
जो सधैँ देश र जनताको माया गर्छ।
जो पक्षपात होइन,
सबै नेपालीलाई समान नजरले हेर्छ।

राजसंस्था फेरि फर्कनुपर्छ,
सम्बृद्धिको ढोका फेरि खोल्नुपर्छ।
हामी सबै मिलेर गर्जनुपर्छ,
“राजा फर्काउ, देश बचाउ!” भनेर बोल्नुपर्छ।

आजको यो कविता हो,
भोलिको त्यो गाथा बन्नेछ।
एकता, विश्वास, र नेतृत्वसँगै,
नेपाल फेरि उज्यालोमा चम्कनेछ।
(लेखक नागरिक विद्रोह जनसम्पर्क प्रमुख हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।