Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

९ पुस, विराटनगर,
नेकपा माओवादी केन्द्र प्रदेश-१ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो र दुर्गा चापागाईंले दाबी गरेका छन् ।

प्रदेश १ मा माओवादी केन्द्रले १३ सिट जितेको छ । पाँचथर प्रदेशसभा-२ बाट दोस्रो पटक निर्वाचित वर्तमान आर्थिक मामिला तथा योजना मन्त्री आङ्बो र तेह्रथुम प्रदेशसभा २ बाट निर्वाचित चापागाईले दलको नेतामा दाबी गरेका हुन् ।
दुवैले आफ्ना पार्टीका सांसदसँग छलफल गरिरहेका छन् । चापागाईंले आङ्बोसँग दलको नेता आफूलाई छाड्न आग्रह गरे थिए । टेलिफोन सम्वादमा आङ्बोले पनि आफूलाई सहयोग गर्न आग्रह गरे ।

प्रदेश १ मा पुस ११ गतेका लागि सांसदहरुको सपथग्रहण तोकिएको छ । सपथ ग्रहणपछि दलको नेता चयन गर्ने माओवादीको तयारी छ । ‘पार्टीमा आन्तरिक छलफल भइरहेको छ, मैले दलको नेतामा आङ्बोसँग सहयोग मागेको छु,,’ चापागाईंले भने,‘ पार्टीमा अवसर समान रुपमा वितरण हुनुपर्छ ।’

२०७४ सालको निर्वाचनमा पनि पाँचथर प्रदेशसभा २ बाट निर्वाचित आङ्बो माओवादी केन्द्रको दलको नेता हुँदै दुई पटक आर्थिक मामिला तथा योजना मन्त्री बने ।शेरधन राई नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका उनी राजेन्द्र राईको नेतृत्वमा सरकार गठन हुँदा पनि सोही मन्त्रालयमा दोहोरिए ।

आङ्बो यसअघि पनि दलको नेता भएका कारण यो पटक आफूले पालो पाउनुपर्ने चापागाईंको दाबी छ । ‘पार्टीमा सर्वसम्मत रुपमा दलको नेता छनोट गर्ने तयारी छ,’ उनले भने,‘ नभए त निर्वाचन विकल्प छदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।