Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

भक्तपुर । काठमाण्डु वल्र्ड स्कुलले परीक्षा अगावै प्रश्नपत्र आउट नभएको स्पष्ट पारेको छ । स्कुलले आइतबार पे्रस विज्ञप्ति प्रकाशित गरी परीक्षा अगावै सार्वजनिक भएको भनेको घटना सत्य नभएको स्पष्ट पारेको हो ।
विज्ञप्तिमा भनिएको छ, हालै केही सामाजिक सञ्जाल तथा विभिन्न माध्यमहरूमा काठमाण्डु वल्र्ड स्कुलका परीक्षार्थीहरूले कक्षा १२ को परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र प्राप्त गरे भन्ने भ्रामक र तथ्यहीन सूचनाहरू प्रचार–प्रसार भएकोप्रति हामी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।
विज्ञप्तिमा अगाडि भनिएको छ, स्कुल प्रशासन स्पष्ट रूपमा भन्न चाहन्छ कि यस्ता कुनै पनि सूचना सत्य होइनन् । यस किसिमको झूटा र भ्रम सिर्जना गर्ने गतिविधिले स्कुलको विधार्थीको मनोभावनामा नकारात्मक असर पार्न सक्ने तथा त्रासको वातावरण सिर्जना हुने हुँदा यसप्रति सबै पक्ष जिम्मेवार हुनका लागि अनुरोध गर्दछौं । उक्त समाचारबारे छानबिन भइ पुरानो प्रश्नपत्र रहेको पाइएको पनि पुष्टि भइसकेको जानकारी गराइन्छ ।
हामी अभिभावक, विद्यार्थी, सञ्चारकर्मी र सरोकारवाला सबैलाई यस्ता भ्रममा नपरी यथार्थ बुझ्न अनुरोध गर्दछौं, विज्ञप्तिमा भनिएको छ, भविष्यमा पनि स्कुलको शैक्षिक निष्ठा, पारदर्शिता र विद्यार्थीहरुको
हितमा कुनै सम्झौता हुने छैन भन्ने विश्वास दिलाउन चाहन्छौं ।
प्रेस विज्ञप्ति
मितिः २०८२÷०१÷२१
काठमाण्डु वल्र्ड स्कुल, सूर्यविनायक, भक्तपुर
हालै केही सामाजिक सञ्जाल तथा विभिन्न माध्यमहरूमा काठमाण्डु वल्र्ड स्कुलका परीक्षार्थीहरूले कक्षा १२ को परीक्षा शुरु हुनु अगावै प्रश्नपत्र प्राप्त गरे भन्ने भ्रामक र तथ्यहीन सूचनाहरू प्रचार–प्रसार भएकोप्रति हामी गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।
स्कुल प्रशासन स्पष्ट रूपमा भन्न चाहन्छ कि यस्ता कुनै पनि सूचना सत्य होइनन्। यस किसिमको झूटा र भ्रम सिर्जना गर्ने गतिविधिले स्कुलको विधार्थीको मनोभावनामा नकारात्मक असर पार्न सक्ने तथा त्रासको वातावरण सिर्जना हुने हुँदा यसप्रति सबै पक्ष जिम्मेवार हुनका लागि अनुरोध गर्दछौं। उक्त समाचारबारे छानबिन भइ पुरानो प्रश्नपत्र रहेको पाइएको पनि पुष्टि भइसकेको जानकारी गराइन्छ।
हामी अभिभावक, विद्यार्थी, सञ्चारकर्मी र सरोकारवाला सबैलाई यस्ता भ्रममा नपरी यथार्थ बुझ्न अनुरोध गर्दछौं।
भविष्यमा पनि स्कुलको शैक्षिक निष्ठा, पारदर्शिता र विद्यार्थीहरुको
हितमा कुनै सम्झौता हुनेछैन भन्ने विश्वास दिलाउन चाहन्छौं।
धन्यवाद।
काठमाण्डु वल्र्ड स्कुल
सूर्यविनायक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।