Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

मोरङ, २७ वैशाख । नेपाल मजदुर किसान पार्टी मोरङको आयोजनामा शनिबार मोरङको विराटनगरमा विविध पुस्तकबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।


कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले पुँजीवादी व्यवस्थामा नाफाको लागि काम गर्ने भएकोले कामदार जनताको हित नहुने बताउनुभयो । उहाँले नाफा भनेको मजदुरलाई दिनुपर्ने ज्याला नदिइ पुँजीपतिले लिएको रकम हो र यो नै माक्र्सको सिद्धान्तअनुसार कामदार वर्गलाई शोषण गरेको बताउनुभयो । उहाँले अमेरिकी स्वतन्त्रता आन्दोलन नै बेलायतबाट उपनिवेश मुक्त भएको संसारको पहिलो स्वतन्त्रता आन्दोलन भएको उल्लेख गर्दै चिनियाँहरुले यसबाट सिकेर चीनमा क्रान्तिको तयारी गरेको बताउनुभयो ।


उहाँले मन्त्रीमण्डल गठन हुँदा सम्बन्धित विषयको ज्ञान नभएकालाई मन्त्री बनाउन नहुने विचार व्यक्त गर्नुहुँदै मन्त्रीहरु भनेको राष्ट्रियस्तरको काम गर्ने व्यक्ति हुनु तर तिनीहरु त्यसको ठिक विपरीत आफ्नो स्वार्थ र आफ्नो क्षेत्रमात्र हेरिरहेको बताउनुभयो । उहाँले नेता तथा सांसदले आफ्नो क्षेत्र विकासको नाउँमा ल्याएको बजेटको विषयमा जनताले प्रश्न गरेको पाइँदैन तिनीहरुलाई जवाफदेही बनाउन जनता आफै सचेत हुनुपर्नेमा जोडदिनुभयो ।


कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सृजना सैंजूले आत्मनिर्भताको प्रश्न देशको सार्वभौमिकतासँग जोडिएको बताउनु हुँदै विदेशीको मुख ताकेर देश नबन्ने बताउनुभयो । उहाँले परिश्रम गर्ने युवा नै देशमा छैन भने देशको हित कसरी हुन्छ भन्ने प्रश्न गर्दै म्यानपावर कम्पनीहरु अधिकांश सरकारमा गएका पार्टीका नेताहरुको रहेको बताउनुभयो ।


नेमकिपा कोशी प्रदेशका संयोजक उकेश कवांले नेमकिपाले भक्तपुर नगरपालिकामा पार्टीको निर्देशनअनुसार नै जनतको सेवामा लािग परेको हुनाले पटकपटक आफुहरुलाई निर्वाचित गरेको बताउनुभयो । कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा देशका विविध विषयमा सँगसँगै जानुपर्ने आवश्यकता औल्याउनुभयो । नेमकिपा मोरङ जिल्लाका अध्यक्ष सालिक राम राउतले स्वागत गर्नुभएको थियो भने खेम नेपाली, दिनेश श्रेष्ठ, श्यामसुन्दर कार्की र श्याम नेपालले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।