Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

तुलसीपुर, वैशाख २७ गते । दुईदिनदेखि जारी प्रथम राष्टिय खुल्ला पुरुष खो खो प्रतियोगितामा आर्मी र लुम्बिनी खो खोको फाइनमा प्रवेश गरेका छन् ।
यहाँस्थित अरनिको रंगशालामा भइरहेको प्रतियोगितामा आर्मीले कर्णालीलाई ७ काविरुद्ध २८ अंकले पराजित गरेर फाइनलको यात्रा तय गरेको हो ।
आज शनिबार भएको अर्काे खेलमा सूदरपश्चिमलाई लुम्बिनीले ६ का विरुद्ध १९ अकंले पराजित थियो ।
। आइतबार विहान हुने खेलमा फाइनसहित तेश्रो समूहको विजेताको लागि दुईवटा खेल हुनेछन् ।
पहिलो हुनेले ५० हजार, दोश्रो हुनेले ३० हजार र तेश्रो हुनेले १० हजार रुपियाँ नगदसहित कप र मेडल पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट हुने एक खेलाडी, बेष्ट रनर , बेष्ट चेसर र इर्मजिगं खेलाडीलाई कप र मेडलको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा नेपाल खो खो संघका केन्द्रीय अध्यक्ष प्रदिप महर्जन, केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ प्रशिक्षक लक्ष्मीनारायण वैद्य, केन्द्रीय सदस्य उषा कंवरमगर भण्डारी र भारतबाट प्रशिक्षक तथा रेफ्रिहरुको उपस्थिति रहेको दाङ्ग खो खो संघको अध्यक्ष वालकृष्ण शाहले जानकारी दिनुभयो ।
यस्तै, प्रतियोगिता सम्पन्न भएपछि नेपाल, भारतका राष्टिय टोली र आयोजक लुम्बिनी प्रदेशबीच मैत्रीपूर्ण खेल हुनेछन् । हालै प्रथम विश्वकप खो खो प्रतियोगिताको दुबै समूहमा नेपाल दोश्रो हुन सफल रहेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।