Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

 बिगतका वर्षहरुमा झैं यस शैक्षिक सत्र २०८२ सालमा पनि प्ले ग्रुपदेखि कक्षा ९ सम्म भर्ना भएका १३८ विद्यार्थी तथा अभिभावकको स्वागतार्थ राखिएको उक्त (Fresher’s Welcome ) कार्यक्रमको सभापतित्व यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रामगोपाल कर्माचार्यले गर्नु भएको थियो।

२७ वैशाख २०८२ मा सम्पन्न भएको उक्त कार्यक्रमा  विद्यालयका संस्थापक प्रिन्सिपल श्री भक्त  राजभण्डारीलेस्थापना काल २०३९ देखि आज ४३ औं वर्षसम्मको  हासिल गरेका राष्ट्रिय गौरव तथा प्रेरणादायी उपलब्धिहरु, विद्यालयले स्थापित संस्कार /संस्कृतिको बारे जानकारी गराउनुका साथै कार्यरत शिक्षक तथा कर्मचारीहरुको परिचयको साथै कार्य क्षेत्रको बारेमासमेत जानकारी गराउनु भएको थियो। विद्यार्थीहरुमा मितव्ययीता राष्ट्रप्रति सम्मान र गौरव गर्ने संस्कारसहितको शिक्षा प्रदानकालागि प्रयासरत रहेको र यसमा अभिभावकहरुको पनि महत्वपूर्ण भूमिका  रहने  बताउनुभयो।

 वि.स.२०३९ देखि वि.स.२०८२ सालसम्म जम्मा १०,९६६ विद्यार्थीहरूले अध्ययन गरिसकेका/गरिरहेका समेत जानकारी दिनुभयो।हाल विद्यालयमा १५१ शिक्षक कर्मचारी कार्यरत रहेको जानकारी गराइयो।  कार्यक्रमा विद्यार्थीहरुको प्रोत्साहनका लागि व्यवस्था गरिएको छात्रवृत्ति योजनामा  केही समायोजन गरिएको जानकारी पनि दिइएको थियो। जस अनुसार एस इ इ को नतिजामा GPA 4 प्राप्त गर्ने विद्यार्थीलाई प्रशंसा-पत्र, मायाको चिनो सहित नगद रू २५,००० /  प्रदान गर्दै आएका छौँ।

कक्षा ८ मा नगरपालिकाले लिईने आधारभूत तह उतीर्ण परीक्षाको नतिजामा GPA 4 प्राप्त गर्ने विद्यार्थीलाई नगद रु १०,००० (दश हजार) सहित छात्रवृत्ति मापदण्ड योजना अनुसार मासिक शुल्कमा छुट दिईने छ।अन्य कक्षाका हकमा भने GPA 4 प्राप्त गर्ने सबै विद्यार्थीलाई निर्धारित मापदण्ड बमोजिम छात्रवृत्ति प्रदान गरिनेछ ।

                                                           

यसै योजना अनुसार नै शैक्षिक सत्र २०८१ सालमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षामा GPA 4 प्राप्त गर्न सफल  विद्यार्थी दीपशिखा उप्रेतीलाई यसै कार्यक्रममा नगद पुरस्कार रू ५,००० (पाँच  हजार) सहित ११ महिनाको मासिक शुल्कमा छुट दिइने घोषण गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।