Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

भक्तपुर । महिला विकास तथा जागरण केन्द्र काठमाडौंको आयोजनामा शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा महिलाको आर्थिक न्याय तथा अधिकार सम्वन्धि एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सरिता तिमल्सिना भटराईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


कार्यक्रममा दुई वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । महिलाका आर्थिक न्यायका लागि भएका कानुनी व्यवस्था विषयमा आयोजक संस्थाका संस्थापक अध्यक्ष प्राडा शशी अधिकारी र महिलाको आर्थिक न्याय सुनिश्चित गर्ने सम्वन्धमा अन्तराष्टिय दस्तावेजहरुमा भएका व्यवस्थाहरु ीवषयमा डा अनिता श्रेष्ठले प्रतुतीकरण गरेका थिए ।


कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ गुण्डूका वडा अध्यक्ष रवीन्द्र सापकोटालगातिको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोजक संस्था, सूर्यविनायक नगरपालिकाका पदाधिकारीहरु तथा कर्मचारीहरु सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।