Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

भक्तपुर । भक्तपुर युवा टीम गोल्मढीको आयोजनामा दुईदिने कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । प्रतियोगिताको उदघाटन नेपाल मजदुर किसान पार्टीको सचिव एवम् संघीय सांसद प्रेम सुवालले पानसमा दीप प्रज्ज्वलन गरी गरे । साथै अन्तर्राष्ट्रिय आर्विटर तथा नेपाल बुद्धिचाल महासंघका केन्द्रिय सदस्य निरञ्जन प्रजापतिलाई चेस बोर्ड र गोटी हस्तारण गरी प्रतियोगिताको उदघाटन गरियो ।
त्यस अवसरमा सांसद सुवालले बुद्धिचाल प्रतियागिता बुद्धि अर्थात दिमाग लगाएर खेल्ने खेल भएको बताए । खेलमा हुने हारजित अस्थायी भएको र मित्रता स्थायी भएको हुँदा प्रतियोगितामा सहभागी सबै प्रतियोगीहरुले अनुशासित भएर मित्रता कायम गर्न खेल खेल्नुपर्ने उनले बताए ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा २५ जिल्लाबाट पाँच महिलासहित १२७ जनाको सहभागिता रहेको थियो । साथै भारतबाट ४ र इंग्ल्याण्डबाट १ जना जना खेलाडी सहभागी रहेको छ । बुद्धिचाल प्रतियोगतामा ८ वर्षदेखि ६८ वर्ष उमेर समूहको सहभागिता रहेको छ ।


कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष उकेश कवांले भक्तपुर युवा टीमले वर्षेपिच्छे खेलाडीहरुलाई ध्यानमा राखेर विभिन्न प्रतियोगिता गर्दै आएको जानकारी गराए । ्भक्तपुर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष उप्रेन्द्र सुवालले नगरपालिकाद्धारा विभिन्न खेल प्रशिक्षण हुँदै आएको जानकारी गराए । साथै भक्तपुर नगरपालिकाको दश वटै वडामा छेंकु खेल संचालन भइरहेको सुवालले बताए ।
भक्तपुर युवा टीममा अध्यक्ष केशव त्वानाबासुले सबै सहभागी खेलाडीलाई शुभकामना दिँदै भविष्यमा यहाँ सहभागी खेलाडीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भइ विजयी हासिल गरेको हेर्न र सुन्न पाउने आशा लिए ।
नेपालको पहिलो अन्तराष्टिय आरविटर ज्ञानेन्द्र खाइजुले प्रतियोगिता शुक्रबार ५ राउण्ड भएको र बाकी ४ राउण्ड शनिबार हुने बताए ।
प्रतियोगिताको समापन शनिबार हुनेछ । समापनको प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य एवंम बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले गर्ने जनाइएको छ । खेलपछि साँंझ ३ बजेबाट पुरस्कार वितरण सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।