Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

भक्तपुर । होटेल एसोसिएसन अफ भक्तपुर (ह्याभ) को अध्यक्षमा कृतन अवाल निर्वाचित भएका छन् । शनिबार भक्तपुरमा सम्पन्न छैटौं वार्षिका साधारणसभाबाट अवालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
संस्थाको उपाध्यक्ष प्रथम सुजन हाडा, उपाध्यक्ष सुमन दथेपथे, सचिव रंजित मारिखु र कोषाध्यक्ष कैलाश धौबन्जार निर्वाचित भएका छन् । सदस्यहरुमा स्नेहा मास्के, उर्मिला जधारी, रोशन ग्वाछा, मृगेन्द्र श्रेष्ठ, हरिश्याम श्रेष्ठ र जीवन गोसाई निर्वाचित भएका हुन् ।
साधारणसभाको उदघाटन वागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले गरेका थिए । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीमैयाँं धौबञ्जालगायतले होटेल व्यवसायका विविध विषयमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।