Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

“मिशन – कर्तव्यपथ” अभियान अन्तर्गत २०८२ जेठ १२ गते Southwestern State College, बसुन्धरा, काठमाडौंमा “संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (UN Peacekeeping Operations)” विषयमा विशेष प्यानल छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो । यो कार्यक्रम Southwestern School of Management and Technology, University of Three Generations, र Eagle Think Tank को संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

छलफलका क्रममा विज्ञ वक्ताहरूले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको संरक्षणमा संयुक्त राष्ट्रसंघले रणनीतिक, सञ्चालनगत र युक्तिगत (tactical) स्तरमा पुर्‍याएको भूमिकाबारे प्रकाश पारे। साथै, वि.सं. २०१५ (सन् १९५८) देखि विभिन्न UN शान्ति मिसनहरूमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले पुर्‍याएको उल्लेखनीय योगदान बारे पनि विस्तृत जानकारी प्रस्तुत गरिएको थियो।

यस कार्यक्रमको अवधारणा Eagle Think Tank द्वारा तयार गरिएको थियो। कार्यक्रममा ४० जना स्नातक तहका विद्यार्थीहरू साथै केही +२ तहका विद्यार्थीहरू सहभागी थिए, जसले सक्रिय सहभागिता जनाउँदै विषयप्रति गहिरो चासो देखाए ।

कार्यक्रमको अन्त्यमा Southwestern State College का क्याम्पस प्रमुख डा. राजेन्द्र के.सी. ले सबै वक्ताहरू र स्रोत व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।

यस प्रकारको प्यानल छलफल कार्यक्रम सात दिने “मिशन कर्तव्यपथ” अभियान अन्तर्गतको एक महत्वपूर्ण गतिविधि थियो, जसले विद्यार्थीहरूलाई नैतिकता, नेतृत्व क्षमता, राष्ट्रिय मूल्य र अन्तर्राष्ट्रिय चेतनासहित सशक्त बनाउने लक्ष्य राखेको छ।

***

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।