जी. शाह
जीवनको पथमा काँडा पनि हुन्छ
घनघोर अँध्यारो सबैले नदेख्ने छैन
म सकेसम्म बाटो देखाउन आउँछु
एउटा दियो पनि थामि दिन्छु
तर त्यो भन्दा अरु म गर्न सक्दिन
यो भन्दा अगाडि अब, अब मात्र हुन्छ
संघर्ष तिम्रो हो, आफै लड्नुपर्छ
तूफान कति आउँछ, कति आतिएर बस्छ
तर डटेर बस्नु तिमी, खडा भएर बस्नु तिमी
सँझनु लामो कालो रातपछि पनि
अन्त्यमा उज्यालो बिहानै सबेरै उदाउने पनि हुन्छ
संघर्ष तिम्रो हो, आफै लड्नुपर्छ
भर आकास छुने, फुकाऊ आफ्नो पंख
गुँडबाट आफै निस्क, दाना आफै खोज
खरानी भए पनि नरोऊ, सपनालाई सिमा नतोके
जित तिम्रो हुनेछ, तर हार्नुलाई आत्मबल बनाउनु
संघर्ष तिम्रो हो, आफै लड्नुपर्छ
हरेक युद्धको परिणाम जित हुन्छ भन्ने छैन
यस्तो हकीकत कतै पनि सुनेकै पनि छैन
यो समय हारे पनि, नजिते पनि
हरेक एक हार, जितको एक कदम नजिक बन्छ
संघर्ष तिम्रो हो, तिमी नै लड्नुपर्छ
हरेक प्रयास तिम्रो जितको सुरुवात हुन्छ
हारे पनि, जिते पनि अहिले के फरक पर्छ
भविष्य तिम्रो हो, सन्ततिका लागि सोच
वीरहरूको लामो सूचीमा तिम्रो नाम लेखिएको हुन्छ
संघर्ष तिम्रो हो, आफै लड्नुपर्छ