Lost garden, लाजिम्पाट स्थित Little Sisters Fund Organization को संयुक्त आयोजना त्रिविशा निरौलाको दोश्रो कृति कविता संग्रह “परिवर्तन” को विमोचन समारोह विविध कार्यक्रमको साथ कुशल ढंगमा सम्पन्न गरियो। वरिष्ठ साहित्यकार शारदा शर्मा आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा संयुक्त राष्ट्रसङ्घका पूर्व राजदूत,अन्तर्राष्ट्रिय मामिलाका जानकार वरिष्ठ कूटनीतिज्ञ,लेखक एबं समालोचक प्रा. डा. जयराज आचार्य, Little Sister Fund Organization की सञ्चालिका साथै डा. आचार्यकी धर्मपत्नी उषा आचार्य, वरिष्ठ राजनीतिज्ञ नरहरि आचार्य, बाल्मिकी क्याम्पसका प्राध्यापक खगोलविद् डा. जयन्त आचार्य लगायत अन्य थुप्रै अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात गर्दै डा जयराज आचार्यले त्रिविशा निरौलाको अपार प्रशंशा गर्दै त्रिविशा निरौलाको यो कृति ” परिवर्तन ” मार्फत अब वास्तवमै नेपाली समाजमा परिवर्तनको सुरुवात भएको बताउनुभयो। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार शारदा शर्मा आचार्यले त्रिविशा निरौलाको कृति ” परिवर्तन “को चर्चा गर्दै आफूले पनि उनले जस्तै ८ वर्षको उमेरदेखि कविता लेख्न सुरुवात गरेको तर आफू अन्तर्मुखी स्वभावको भएका कारण नारी भएर नेपाली समाजमा बसेर खुलेर आफ्नो मनको तृष्णा कापीका पानामा पोख्न नसकेको र अहिले वर्षौं बितिसक्दा पनि नेपाली समाजको यथार्थ चित्रण यही रहेको कटु सत्य व्यक्त गर्दै त्रिविशा निरौलाले त्यति सानो उमेरदेखि आफ्नो अन्तर्मनका भावनालाई कापीका पानामा खुलेर व्यक्त गर्न सकेकोमा लेखकको आँटलाई खुलेर प्रशंसा गर्नुभयो। त्यस्तै कार्यक्रममा लेखक त्रिविशा निरौलाले आफ्नो कृतिको बारेमा बोल्नु हुँदै आफ्नो साहित्यिक यात्राको वर्णनमा नेपालमा अरु पेसा झैँ साहित्य त्यति फस्टाउन नसकेको र अझैपनि साहित्यमा केही गर्छु भनेर उदाउन लागि परेका नव प्रतिभाहरुलाई साहित्यमा प्रवेश, लेख रचना प्रकाशन गर्न सोर्स फोर्स बिना कठिन रहेको बताउँदै आफूले १६ वर्षको उमेरमा पहिलो कविता मुना बाल पत्रिकमा प्रकाशन गराउन देखि लिएर आज दोश्रो कृति प्रकाशित गर्नेबेला सम्म आइपुग्दा अझैपनि कठिनाईको सामना गर्न बाध्य भइरहनु परेको विषयमा चिन्ता व्यक्त गर्नुभयो। कार्यक्रमलगभग १ घण्टाको समय अवधिसम्म निरन्तर चलेको थियो। कार्यक्रमपछि कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई खानपानको व्यवस्था बडो सभ्य र भव्य रूपमा आयोजना गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1