Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

पोखरा — हिमाल कलेज अफ म्यानेजमेन्टले आगामी आइतबारदेखि दोस्रो चरणको छात्रवृत्ति परीक्षा सुरु गर्ने भएको छ। पहिलो चरणको छात्रवृत्ति परीक्षा सम्पन्न भइसकेको छ, जहाँ धेरै विद्यार्थीहरूले २० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गरिसकेका छन्।

अब दोस्रो चरण अन्तर्गत हरेक दिन छात्रवृत्ति परीक्षा सञ्चालन गरिनेछ। उक्त छात्रवृत्तिमा सहभागी विद्यार्थीहरूले २०% देखि १००% सम्म छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन्। छनोटको आधारमा Confidence Level, सामान्य परीक्षा (Normal Test), अभिव्यक्ति शैली लगायतका पक्षहरूको मूल्याङ्कन गरिनेछ।

व्यावसायिक र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ स्थापित यस कलेजमा Management, Hotel Management तथा Computer Science जस्ता विषयहरूमा विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय आकर्षण देखिएको छ।

पहिलो चरणमा छात्रवृत्ति प्राप्त गरिसकेका विद्यार्थीहरूको संख्या नै कलेजप्रतिको विश्वास र गुणस्तरको प्रमाण हो। कलेजले SEE परीक्षा दिएर भविष्य निर्माणको बाटो खोजिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै, गुणस्तरीय शिक्षा र रोजगारी–उद्यम सुनिश्चित गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अगाडि बढाएको जनाएको छ।

एकपटक कलेजमा आएर सम्पूर्ण प्रक्रिया बुझ्न सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई हार्दिक अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।