काठमाडौँ, साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान व्यवस्था प्रणाली ज्यानसरह प्रिय भएको बताउनुभएको छ। बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नेक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले अङ्ग्रेजी साहित्यको प्रसिद्ध कथा ‘सोलोमनको न्याय’ सांसदलाई सुनाउँदै प्रधानमन्त्री ओलीले ज्यान सरहरको प्रणालीको रक्षाका लागि कष्ट सहन तत्पर रहेको बताउनुभएको हो।
प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोग्नेलाई यो प्रणाली ज्यानसरह प्रिय रहेको बताउदै जीवनको लागि हामी कस्तै कष्ट सहन पनि तत्पर रहेको बताउनु भएको छ । उहाँले लोकतन्त्रको हुर्मत लिने अभीष्ट भएकाबाट यो प्रणाली जोगाउनुपर्नेमा जोड दिनुभएको छ। ‘‘कति लोकतन्त्र मन नपर्ने पनि यहीँ हुन सक्छौं। कति लोकतन्त्रको संवर्धनका लागि हैन, त्यसको उपभोग गर्ने( त्यसको हुर्मत लिने अभीष्ट भएका पनि हुनसक्छौं। तिनीहरुबाट यो प्रणाली जोगाउन समेत आग्रह गर्नुभएको छ ।