Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

काठमाडौँ । जेन जी २.० (सबै पुस्ताको प्रतिनिधि) अभियानले दोस्रो दिनको क्लोज क्याम्प सञ्चालन गरेको छ। आयोजकका अनुसार सो क्यापमा २५० जना सहभागीहरूमध्ये ६६ जिल्लाका प्रतिनिधि, घाइते युद्धबिरुद्दका पूर्वयोधा र शहीद परिवारका सदस्यहरूको उपस्थित रहेकोजनाइएको छ । कार्यक्रममा सहभागीहरूलाई गोप्य रूपमा विभिन्न समूहहरूमा विभाजन गरी विस्तृत छलफल गराइएको थियो। समूहगत छलफलमा जेन जी आन्दोलनका उपलब्धिहरूको संरक्षण, भबिष्यकालीन रणनीतिहरू र स्थानीयरराष्ट्रिय तहमा लागू गर्नुपर्ने कार्यक्रमहरुमा गहन बहस भएको आयोजकले जनाएको छ।

क्याम्पमा गठन गरिएका टोली नेताहरूले समूहगत छलफलबाट निकास भएका एजेन्डाहरू तेस्रो दिनमा समुहगत प्रस्तुति गरी अनुमोदन गरिने जानकारी दिए। अनुमोदनपछि सोही एजेन्डाअनुसार केन्द्रिय समिति, विविध विभाग तथा कार्यदलहरू गठन गरी अभियानका धाराहरू सार्वजानिक गराइने योजना छ।

संगठनका मध्यमहका सदस्य अभिन रायले फोनमार्फत प्राप्त जानकारीमा भने,“आजको समूहगत छलफलबाट महत्वपूण्‍ण एजेन्डाहरू तयार भएका छन्स तेस्रो दिन हामीले ती एजेन्डाहरूलाई सार्वजनिक रुपमा अनुमोदन गरी कार्यान्वयनको रूपरेखा तय गर्नेछौं।” आयोजकले जनाएअनुसार निर्धारित प्रक्रिया पूरा भएपनि आगामी सार्वजनिक गतिविधिहरू र निर्णयहरूबारे थप जानकारी पछि सार्वजनिक गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।