काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमै ओली कुटी बनाएर राख्ने घोषणा गर्नुभएको छ । बुधबार जेनजी आन्दोलनकारीले जलाइदिएको बालकोटस्थित घर हेर्न पुगेका ओलीसँगै पुगेका बस्नेतले यस्तो घोषणा गर्नुभएको हो । उहाँले उक्त घर ओली कुटी भनेर बनाइदिने समेत बताउनु भएको छ। उहाँको परिवार बच्चाबच्ची नभएको र उहाँले सबैलाई बच्चाबच्ची सरहै मान्ने भएको हुनाले उहाँको लागि त धेरै जग्गा जमिन चाहिँदैन । उ बेलामा भए राम कुटी भन्थे अहिले ओली कुटीका हिसाबले हामी उहाँहरुलाई नजिकै गुण्डु त्यो चाहिँ २ नम्बर वडा सूर्यविनायकको हामी चाहिँ ७ नम्बर वडामा बस्ने वासस्थानको व्यवस्था चाहिँ हामी गुण्डुमा गराइदिन्छौं ।
उहाँ बस्नको लागि हामी यहाँ थप खर्च गर्दैनौं । हामी गुण्डुमा उहाँलाई बस्ने एउटा नामै ओली कुटी राखेर बनाइदिँदैछौं । त्यही भएर उहाँको लागि बालकोटमा खर्च नगर्ने समेत उहाँले बताउनु भएको छ । उहाँले आन्दोलनकारीले जलाइदिएको ओलीको घर मर्मत नगरिने बताउनु भएको हो । उक्त घरहरु राष्ट्रिय सम्पतिको रुपमा रहेको उहाँले दाबी गर्नुभएको छ ।