Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

काठमाडौं,
चलचित्र कलाकार संघले फिल्म प्रदर्शन र सेन्सरका विषयमा आमनेसामने भएका विकास बोर्ड र चलचित्र संघलाई वार्तामा बसेर समस्या समाधान गर्न आग्रह गरेको छ ।

अध्यक्ष रविन्द्र खड्काले शुक्रबार विज्ञप्ति जारी गर्दै वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेका छन् । विरोध कार्यक्रम भन्दा पनि वार्तातर्फ अग्रसर हुन पनि कलाकार संघले प्रदर्शक संस्थालाई आग्रह गरेको छ।
चलचित्र क्षेत्रका वर्गीय संस्थाले समस्या र मागहरु विकास बोर्डमार्फत नै समाधान गराउने परम्परा रहिआएको स्मरण समेत कलाकार संघले गरेको छ । आन्दोलनका कार्यक्रम घोषणा गर्ने चलचित्र संघको विज्ञप्तिप्रति कलाकार संघको ध्यानाकृष्ट भएको समेत उल्लेख छ ।

एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने, राति १० बजेपछि फिल्म प्रदर्शन गर्न नपाइने र विश्वकप फुटबलजस्ता खेल गतिविधि स्क्रिनिङ गर्ने नपाइने भन्ने बोर्डको नियमपछि चलचित्र संघ आक्रोशित छ ।
उसले विकास बोर्डविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्दै अध्यक्ष भुवन केसीसँग कुनै हालतमा वार्ता नहुने अडान राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।