Prithvi Post

७ बैशाख २०८२, आईतवार

काठमाडौं,
करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।

करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए । टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् ।
टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने । दर्शककाे भोटको आधारमा विजेता घोषित गरिएको जनाइएको छ ।

विजेता बनेका करणले नगद २५ लाखसहित पल्सर एन१६० मोटरसाइकल, साढे दुई तोला सुनकाे सिक्री, ग्यालेक्सी जेड फोल्ड फाेन पुरस्कार प्राप्त गरे । ग्राण्ड फिनाले भव्य र रोचक बनेको थियो जहाँ अन्तिम ११ मा पर्न सफल ट्यालेन्टले गायकी प्रस्तुत गरेका थिए । जित हासिल गरेपछि करणले सांगीतिक करिअरलाई निरन्तरता दिने अझै मिहिनेत गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।