Prithvi Post

६ बैशाख २०८२, शनिबार

काठमाडाैँ, पुस ४

तीन वर्षमा ३ हजार भन्दा बढी नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । सरकारले सार्वजनिक गरेको ‘श्रम आप्रवासन प्रतिवेदन २०२२’ अनुसार सन् २०१९०२० देखि २०२१०२२ सम्ममा ३ हजार १९९ नेपाली युवाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा ३ हजार ११५ जना पुरुष र ८४ जना महिला छन् । प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी ज्यान गुमाउनेमा मधेस प्रदेशका  छन् । मधेस प्रदेशमा ७५१ जनाले ज्यान गुमाएका छन् । प्रदेश १ का ७०९ जना, लुम्बिनी प्रदेशका ६७७, गण्डकी प्रदेशका ४७८, बागमती प्रदेशका ४०९ जना, कर्णाली प्रदेशका ११० र सुदूरपश्चिम प्रदेशका ५६ युवाले ज्यान गुमाए ।

मृत्युको कारणमा कार्डियाक अरेस्ट, हर्ट अट्याक,प्राकृतिक कारण, सवारी दुर्घटना,आत्महत्या, कोरोना, कार्यक्षेत्रमा मृत्यु लगायतका छन् । २०२१०२२ मा कोरोनाका कारण २०७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् ।

प्राकृतिक कारणबाट २१५ जना र सवारी दुर्घटनाबाट १२९ जनाले ज्यान गुमाएका छन् । मृत्युको कारणमा सबैभन्दा बढी सवारी दुर्घटना र प्राकृतिक मृत्यु देखिएको छ । सन् २००८०९ देखि २०२१०२२ सम्मको अवस्था हेर्दा १० हजार ६६६ नेपालीले विदेशी भूमिमा ज्यान गुमाएको देखिन्छ । जसमा १० हजार ४११ पुरुष र २५५ जना महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।