Prithvi Post

७ बैशाख २०८२, आईतवार

काठमाडाैँ, माघ २१

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरू भइसकेको बताएका छन् ।

ललितपुरको बालकुमारीमा जारी पाँचौ केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले गठबन्धनभित्र खटपट सुरू भएको बताए ।सत्तारूढ गठबन्धनले प्रधानमन्त्रीलाई राष्ट्रपति निर्वाचन सम्म थेग्न सक्ने अवस्था नरहेको जिकिर गरे ।

प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं- खटपट सुरू भइसकेको छ ।, उनले भने, यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन । उनले संविधान पालना हुन्छ वा हुँदैन भन्ने विषयमा पनि ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0