Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

काठमाडौँ, चैत २८

गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो ।

यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर पाँच दशमलव दुई र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0