Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

साउन २७,-भक्तपुर

नेपाली युवाले देशभित्र पाएको दुःख झमेलाको कथा समेटिएको लघु चलचित्र ‘लिलामी’ सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा टीसीटी इन्टरटेइनमेन्ट युट्युब च्यानलमार्फत् चलचित्र सार्वजनिक गरिएको कार्यकारी उत्पादक जीवन भण्डारीले जानकारी दिएका छन् ।

लघु चलचित्रको निर्देशन पत्रकार रामजी ज्ञवालीले गरेका हुन्। ज्ञवालीले यसअघि एक दर्जनभन्दा बढी लघु चलचित्रको निर्देशन गरिसकेका छन् भने कार्यकारी उत्पादक भण्डारीले अन्य लघु चलचित्रमा गीत तथा कथा लेखेका छन् ।

पवन बस्यालको कथा लेखन रहेको चलचित्रमा महेश खड्का, सविना राउत, दीपक ढकाल, नारायण कँडेल, राजेश भट्टराई, सुदिन श्रेष्ठ, शिबु पाण्डेलगायतले अभिनय गरेका छन् ।

नेपालभित्र जे काम गर्दा पनि सहयोग र प्रोत्साहन नपाएपछि युवाहरू विदेशिन बाध्य भएको विषयवस्तु चलचित्रमा देखाइएको छ । लिलामीको व्यवस्थापकको युवराज घिमिरे र सम्पादन नहकुल खड्काले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0