Prithvi Post

२८ कार्तिक २०८२, बिहीबार

भक्तपुर।

भारतीय उड्डयन कम्पनी एयर इन्डियाले बिहीबार आफ्नो नयाँ लोगो विश्वसामु प्रस्तुत गरेको छ । टाटाको स्वामित्वमा रहेको यस एयर इन्डियाका सीईओ क्यापबेल विल्सनले लोगो मात्र परिवर्तन गर्ने कुरा नभएर सम्पूर्ण कम्पनी परिवर्तन भइरहेको बताएका छन् ।

उनको भनाई अनुसार, “एयर इण्डिया पूर्ण रूपान्तरणबाट गुज्रिरहेको छ। यो प्रक्रियामा समय लाग्छ। यो एकै समयमा धेरै कुराहरू हुने ठूलो परियोजना हो। तर हामी एयर इन्डियाको रूपान्तरणका लागि पूर्ण रूपमा प्रतिबद्ध छौँ। लगानीमा धेरै पैसा र प्रयासको साथ उत्साहपूर्वक संलग्न छौं। “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0