काठमाडाैँ, साउन २९ गते, संगीतकार गैरे सुरेशको संगीत तथा वरिष्ठ गीतकार डा. कृष्णहरि बरालको शब्द रहेको नयाँ शिव भजन युट्युब मार्फत आज सार्वजनिक गरिएको छ ।
फुलवारी नेपाल युट्युब च्यानलले सार्वजनिक गरेको भोले शंकर नामको उक्त भजनको म्युजिक भिडियो सागर धिमालले निर्देशन गरेका हुन् । निर्मल तिमिल्सिना र संजिव खत्रीले खिचेको भिडियोमा कृष्ण ढकाल, सुरेश गैरे, कमल तिउसिना,लव सापकोटा दीपकराज बराल,रोहित घिमिरे,विकास अधिकारी,परशुराम लामिछाने,सत्य पुरी लगायतको अभिनय रहेको छ भने अव्यक्त लुइँटेल,अथर्व गैरे र अक्षुण किशोर लुइँटेलले बाल कलाकारका रूपमा अभिनय गरेका छन् । पवित्र पाशुपत क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा पशुपति क्षेत्रमा अवस्थित मठमन्दिरहरुको दृश्यहरु समेटिएको छ ।
गैरे सुरेश नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । दुई दशक भन्दा बढि समयदेखि संगीत कर्ममा समर्पित उनका यहाँ देशको छ चिन्ता,किन हजुर नबोलेको, मर्ने कसैलाई रहर हुँदैन,लाहुरेको जिन्दगी यो खुकुरीको धार,यो देश छ र त हामी छौँ,जमाना खराब छ ,तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ लगायतका गीत तथा गजलहरू चर्चित छन् । आफूले सिर्जना गरिरहेका संगीत भन्दा नौलो प्रयोग र फरक संगीत संयोजनमा तयार गरिएको भोले शंकरू भजनले जनमानसमा राम्रै प्रभाव पार्ने अपेक्षा सहित भजनको भिडियो तयार पारिएको संगीतकार गैरेले बताए । श्रावण महिनाको अन्तिम सोमबार शिव भगवानप्रतिको श्रद्धा स्वरूप सार्वजनिक गरिएको भजन र भिडियो श्रोता दर्शकरूपी भगवानहरुप्रति पनि समर्पित गरेको उनको भनाइ छ ।
सगीतकार गैरे सुरेशको संगीत तथा वरिष्ठ गीतकार डा.कृष्णहरि बरालको शब्द रहेको नयाँ शिव भजन युट्युब मार्फत आज सार्वजनिक गरिएको छ । फुलवारी नेपाल युट्युब च्यानलले सार्वजनिक गरेको भोले शंकर नामको उक्त भजनको म्युजिक भिडियो सागर धिमालले निर्देशन गरेका हुन् । निर्मल तिमिल्सिना र संजिव खत्रीले खिचेको भिडियोमा कृष्ण ढकाल, सुरेश गैरे, कमल तिउसिना,लव सापकोटा,दीपकराज बराल, रोहित घिमिरे,विकास अधिकारी, परशुराम लामिछाने,सत्य पुरी लगायतको अभिनय रहेको छ भने अव्यक्त लुइँटेल, अथर्व गैरे र अक्षुण किशोर लुइँटेलले बाल कलाकारका रूपमा अभिनय गरेका छन् । पवित्र पाशुपत क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा पशुपति क्षेत्रमा अवस्थित मठमन्दिरहरुको दृश्यहरु समेटिएको छ ।
गैरे सुरेश नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो । दुई दशक भन्दा बढि समयदेखि संगीत कर्ममा समर्पित उनका यहाँ देशको छ चिन्ता, किन हजुर नबोलेको,मर्ने कसैलाई रहर हुँदैन,लाहुरेको जिन्दगी यो खुकुरीको धार,यो देश छ र त हामी छौँ,जमाना खराब छ ,तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ लगायतका गीत तथा गजलहरू चर्चित छन् । आफूले सिर्जना गरिरहेका संगीत भन्दा नौलो प्रयोग र फरक संगीत संयोजनमा तयार गरिएको भोले शंकरू भजनले जनमानसमा राम्रै प्रभाव पार्ने अपेक्षा सहित भजनको भिडियो तयार पारिएको संगीतकार गैरेले बताए ।
श्रावण महिनाको अन्तिम सोमबार शिव भगवानप्रतिको श्रद्धा स्वरूप सार्वजनिक गरिएको भजन र भिडियो श्रोता दर्शकरूपी भगवानहरुप्रति पनि समर्पित गरेको उनको भनाइ छ ।