Prithvi Post

२९ कार्तिक २०८२, शुक्रबार

साउन ३०-भक्तपुर

आज शेयर बजारमा झन्डै ३२ अङ्कको गिरावट आएको छ। शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ३१ दशमलव ८० अङ्कले घटेर दुई हजार ४५ दशमलव ४४ विन्दुमा झरेको छ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, जलविद्युत्, बीमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको शेयर साढे सात प्रतिशत र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतले ओरालो लागेको छ। समग्रमा बजार राताम्मे भए पनि आज इमर्जिङ नेपालको शेयर भने सबैभन्दा धेरै पाँच प्रतिशतले बढेको छ।

आज दुई सय ७८ वटा कम्पनीका ५६ लाख तीन हजार कित्ता शेयर कारोबार भएका छन्। ६१ हजार तीन सय पटक भएको कारोबारबाट दुई अर्ब १५ करोड ७३ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो। सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २० करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0