भदौ,०२-भक्तपुर
२०२६ को फिफा विश्वकप फुटबल छनोटका लागि ब्राजिलले नेयमारलाई टिममा समेटेको छ ।
विश्वकप छनोटअन्तर्गत ब्राजिलले सेप्टेम्बर ८ मा बोलिभियाको सामना गर्ने छ । त्यसको चार दिनपछि पेरुविरुद्ध खेल्ने तालिका रहेको छ ।
सन् २०२६ को विश्वकप अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
विश्वकप छनोटअन्तर्गत बोलिभिया र पेरुविरुद्धको खेलका लागि ब्राजिलले नेयमारलाई टिममा समेटिएको ब्राजिलियन फुटबल कन्फेडेरेसनले जनाएको छ।
३१ वर्षीय फरवार्ड नेयमारले यसै हप्ता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर साउदी अरेवियन क्लब अल-हिलालमा अनुबन्ध भएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

