Prithvi Post

काठमाडौं । नेवार सुन्दरीहरूको प्रतिभामूलक प्रतियोगितामा सकिना महर्जनले १७औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को उपाधि जितेकी छन् । सकिनाले १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि उचालेकी चुमेकी हुन् ।

उनले उपाधिसँगै नगद एक लाख रुपैयाँ प्राप्त गरेकी छन् । रिधिसा श्रेष्ठ फर्स्ट रनरअपका साथ मिस पब्लिक च्वाइस र मिनसा महर्जन सेकेन्ड रनरअप भएकी छन् । रिधिसा र मिनसाले पुरस्कारवपात क्रमशः २५ र १५ हजार रुपैयाँ नगद पनि प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0