०८ भदौ,भक्तपुर।
सेल रोटी एक नेपाली परम्परागत स्वादिष्ट रोटीको परिकार हो। सेलरोटी नेपालीहरुको घरमा हरेक मांङ्गलिक कार्य गर्दा जस्तै; बिहे ब्रतवन्ध,पास्नी, श्राद,कोसेली लैजाँदा पाक्ने गर्दछ। सेलरोटी नेपाल लगायत भारतका सिक्किम, दार्जिलिङ तथा भुटान मा पनि प्रचलित रहेको छ।
आवश्यक सामाग्री;
चामालको पिठो,घ्युँ,तेल,चिनी, (सुकुमेल,दालचिनी,ल्वाङ्ग)को धुलो
बनाउने तरिका;
सर्वप्रथम चामललाई २-३ घण्टासम्म भिजाउने भिजेको चामललाई अलिअलि खस्रो बनाएर पिस्ने त्यो पिठोमा घ्युँ हालेर मोल्ने यसरी शुरुमा घ्युँमा मात्र मोल्दा पछि रोटी फुल्छ र स्वाद पनि मिठो हुन्छ। तेसपछि पिठोमा पानी ,गरममसलाको धुलो,चिनी हालेर चलाउने तयार पिठोमा कुनै डल्ला बस्न हुँदैन।त्यसैले पिठो बेस्किन फिटिएको हुनुपर्छ।
यसरि तयारी पिठो घोल धेरै बाक्लो नि हैन धेरै पातलो पनि होइन ठिक्कको हुनुपर्छ। पिठो तयार भइसकेपछि फराकिलो भाँडामा तेल हालेर ग्यास वा आगोमा राख्नु पर्छ। तेल तातिसकेपछि गोलो गोलो बनाएर हाल्नु पर्दछ। यसरी तयार गर्नु भयो भने तपाईले बनाउनु भएको सेलरोटी एकदमै मिठो हुन्छ।
सेल्टो रोटी प्रायः घरबाट टाढा रहेका पारिवारिक सदस्यहरूलाई विशेष उपहारको रूपमा वा पूजामा प्रसादको रूपमा प्रयोग हुँदै आइरहेको छ।

