Prithvi Post

आश्र्विन ०४

शाहरुख खानको फिल्म ‘जवान’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फिल्मले घरेलु बक्स अफिसमा मात्रै नभई विश्वभर धमाका मच्चाइरहेको छ ।

फिल्मले हालसम्म विश्वभर ९०० करोडभन्दा बढी कलेक्सन भइसकेको छ ।

अब रु ९०० करोड क्लबमा सामेल हुन निकै नजिक छ । फिल्मले अहिलेसम्म विश्वभर ८८३।६८ करोड कमाइसकेको छ ।

शाहरुख खानको फिल्म ‘जवान’ ५ सय करोड क्लबमा प्रवेश गरेको छ ।

फिल्मले रिलिजको १३ औं दिनमा १४।४ करोड कमाएको थियो भने अब फिल्मको १४ औं दिनको कलेक्सन सार्वजनिक भएको छ । सचनिकको रिपोर्ट अनुसार फिल्मले रिलिजको १४ औं दिनमा १२ करोड कमाएको छ। योसँगै फिल्मको कुल कलेक्सन ५२०।२८ करोड हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0