Prithvi Post

चालु आर्थिक वर्षमा ९० करोड रुपैयाँको सेनिटरी प्याडआयात भएको छ ।

चालु आर्थिक वर्षको आठ महिनामा १४ करोड वटा प्याड बराबर ९० करोड रुपैयाँको आयात गरिएको हो । भन्सार विभागको तथ्यांक अनुसार १४ करोड १७ लाख ६२ हजार १६४ गोटा प्याड आयात भएको हो ।

सो बराबर ९० करोड ५४ लाख २९ हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षमा सो सेनिटरी प्याड आयातबाट सरकारले १६ करोड ९९ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0