प्रधानमन्त्री ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र खनालबीच भेटवार्ता भएको हो । दुई नेताबीच इलामको चियाको समस्याबारे छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए । इलामका चिया व्यवसायीले पूर्वप्रधानमन्त्री खनाललाई भेटी चियाको समस्याबारेमा जानकारी गराएपछि खनालले प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।
भारतीय पक्षले नेपालको चिया लान छोडेपछि इलामका उद्योगपतिहरू र किसानहरु मार्कामा परेका छन् । डेढ वर्षअघि पनि भारतले नेपालको चिया आयातमा रोक लगाएको थियो । तर, नेपालको पहलपछि चिया नियमित किनबेच भइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

