काठमाडौं । सिमेन्ट र डण्डी उत्पादकहरुले सेन्टिगेड गर्दै अत्याधिक मूल्यबृद्दि गरेकोमा नेपाल निर्माण उद्योग परिषद्ले बिरोध जनाएको छ । एक महिनाभित्रै २५% भन्दा बढी मूल्यवृद्धि गरेकोमा असन्तुष्टी जनाउदै नेपाल निर्माण उद्योग परिषदका महासचिव राम शरण देउजाले भन्नुभयो, मूल्यबृद्धि गर्नुपर्ने कुनै कारण नहुदा पनि निर्माण कार्य गर्ने यो सिजनमा अकारण नै यसरी अत्याधिक मुल्यबृद्धि गरिनु भनेको उत्पादकहरु बिचको कार्टेलिङ्ग नै हो ।
कामको सिजनमा भएको यो मूल्यबृद्धिले भौतिक पूर्वाधारहरुको बिकास निर्माण कार्यहरु प्रभाबित हुने छन । बिशेषगरी रुग्ण रहेका आयोजनाहरु यसबाट बढी प्रभाबित हुने उहाँको दाबी छ । सार्बजनिक खरिद नियमावलीको तेर्हौ संशोधनले अन्तिम एकपटकका लागि थपिएका रुग्ण आयोजनाहरु यो मूल्यबृद्धिले थप रुग्ण हुने उहाँको दाबी छ ।
यो मूल्यबृद्धि नियन्त्रण भएन भने पुजिगत खर्चमा पनि यसको प्रभाव पर्ने कुरा महासचिव देउजाले बताउनुभयो । देउजाको भनाई अनुसार सार्बजनिक खरिद नियमावली २०६४ को नियम १४८ अनुसार सबै जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला दररेट समितिले १०% भन्दा बढी मूल्यबृद्धि भएमा सो मूल्य समायोजन गरी नयाँ दररेट कायम गर्ने ब्यबस्था छ । नेपाल सरकारले सबै प्रमुख जिल्ला अधिकारीहरुलाई दररेट निर्धारण समितिको बैठक आव्हान गरी बढेको मूल्य समायोजन गरी नयाँ मूल्यबृद्धि कायम गर्न निर्देशन गरी आयोजनाहरुको निर्माण कार्यमा हुन लागेको अवरोधको निकास दिनु पर्ने महासचिव देउजाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

