Prithvi Post

भक्तपुर । नेपाल इको प्यानलको निमन्त्रणमा पोखरा एभेन्जर्सका खेलाडीहरु शनिबार साँंझ भक्तपुर आउने भएका छन् । उनीहरुलाई नेपाल इको प्यानलको टोलीले स्वागत गर्ने भएको छ ।
स्वागतपछि उनीहरुलाई भक्तपुरको परम्परागत धिमेबाजागाजाका साथ भक्तपुर परिक्रमा गराइने जनाइएको छ । विशेष गरेर उनीहरुलाई भक्तपुर दरवार क्षेत्र, ङातापोल मन्दिर क्षेत्र तथा दतात्रयमा लगेर घुमाउने कार्यक्रम रहेको जनाइएको छ ।
यसअघि उनीहरुलाई भक्तपुरको व्यासी (भक्तपुर नगरपालिका कार्यालय अगाडि) मा स्वागत गर्ने जनाइएको छ । कार्यक्रम तालिका अनुसार उनीहरु साँंझ ४ बजे व्यासीमा पुग्ने नेपाल इको प्यालनका प्रमुख कार्यकारी अधिकृत. (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले जानकारी गराए । कार्यक्रमको मुख्य उद्देश्य आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सव २०८१ प्रचारप्रसार गर्नु रहेको इन्जिनियर दुवालले बताए । टोलीलाई भक्तपुर घुमाएर साँंस्कृतिक नगरी भक्तपुरलाई विश्वसामु चिनाउन सहयोग गर्ने पनि रहेको उनले जनाए ।
काठमाडौंको कीर्तिपुरमा भइरहेको नेपाल प्रिमियर लिंगका सहभागी हुन आएका विदेशी तथा स्वदेशी टोली भ्रमणमा रहने जनाइएको छ । टोलीको नेतृत्व नेपाली खेलाडी कुशल भुर्तेलसहितले गर्ने जनाइएको छ । टोलीमा ३५ जना खेलाडी तथा प्रनिनिधि सहभागी रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।