काठमाडौं । भक्तपुरलाई चिनाउने धेरै पहिचान छन् । जुजु धौ (दही), भादगाउँंले टोपी आदि इत्यादि । तर पछिल्लो समय भक्तपुरलाई परिचित गराउने एउटा ब्राण्ड थपेको छ, नेपाल इको प्यानल ।
भक्तपुरमा उत्पादन भई देशैभरि विक्रीवितरण हुन थालेपछि भक्तपुरलाई नेपाल इको प्यानलले पनि चिनाउन थालेको हो । आजको दिनमा भक्तपुर बाहिर जाने कुनै सामान छ भने इको प्यानल भएको हो । सन् २०१४ मा इन्जिनियर कृष्णभक्त दुवालले सुरु गरेको इको प्यानल आज देशैभरि पुगेको छ ।
चारवर्षको निरन्तरको मेहनतबाट हामी देशैभरि पुग्न सफल भएका छौं , सिइओ इन्जिनियर दुवालले भने, यो सामान कहाँंको हो भन्दा भक्तपुरको भनेर चिनेपछि हामी खुशी भएका छौं ।
स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री नै इको प्यानल हो । हलुका, भूकम्प प्रतिरोधी लगायतका कारण पछिल्ला वर्षहरुमा यसको लोकप्रियता निरन्तर बढ्दो छ ।
प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर दुवाल वातावरणमैत्री अनि उर्जा किफायती भएको कारण पनि उपभोक्ताले इको प्यानललाई मन पराएको सुनाउँंछन् । नेपालमा मात्रै होइन, अहिले संसारभर नै वातावरण प्रदूषण ठूलो समस्यको रुपमा आइरहेको छ, उनले भने, त्यही कारण मानिसले वातावण विनाश नपुयाउने निर्माण सामाग्री मन पराइरहेका छन् ।
इको प्यानल उर्जा किफायती पनि छ । यसको उत्पादनमा उर्जाको बचत हुन्छ । अन्य अनेक विशेषताका साथै वातावरणमैत्री र उर्जा किफायती भएकै कारण पनि धेरै जनताले यसलाई रुचाइएको उनको दावी हो ।
नेपाल इको प्यानलको कर्पाेरेट अफिस भक्तपुरको सल्लाघारीमा रहेको छ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित डा इवामुरा अस्पताल सल्लाघारीको उल्टो दिशामा यसको कर्पाेरेट कार्यालय रहेको छ । यसको कारखाना पनि जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

