भक्तपुर । भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार योजना चालू छ । तर यो योजनाको पहिलो र दोश्रो गाँंसमै ढुंगा भने जस्तै भएको छ ।
सूर्यविनायकदेखि सडक विस्तारको क्रममा केही मिटरको दुरी अर्थात् आदर्शमा पुगेपछि विवाद भएको थियो । आदर्श चोकलाई चोकका रुपमा स्थापित गर्नुपर्ने भन्दै आन्दोलन भएको थियो । आन्दोलनपछि अहिले आदर्शमा आदर्श चोकका रुपमा विस्तार हुने भएर समस्या समाधान भएको छ । आदर्शको समस्या समाधानसँंगै अहिले जगातीमा समस्या छ । जगातीको वस विसौनी अन्यत्र सार्न खोजिएको भन्दै स्थानीय आन्दोलित छन् ।
जगातीबासीले सोमबार दिउँंसो प्रदर्शन गरे । आर्थिक चलखेलका कारण २०२१ सालदेखि चल्दै आएको जगाती बस विसौनी अन्यत्र सारिएको आरोप लगाउँंदै स्थानीय विरोधमा उत्रेका हुन् ।
अरनिको राजमार्ग सुधार तथा विस्तार गर्ने क्रममा बनेको पछिल्लो डिजाइनमा बस विसौनी स्थानान्तरण गरिएको छ । बस विसौनी पुरानै ठाउँंमा हुनुपर्ने माग राख्दै स्थानीयले बस विसौनी आसपास फ्लेक्स पनि झुण्डाएका छन् । बस विसौनी सार्न पाइँंदैनलगायतका विभिन्न नाराहरु लेखिएका फ्लेक्सहरु स्थानीयले ठाउँंठाउँंमा टाँंगेका हुन् ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार योजना हाल चालू छ । पहिलाको डिपिआरमा कायम रहे पनि पछिल्लो डिजाइनमा वस विसौनी अन्यत्र स्थानान्तरण गरेको भन्दै स्थानीय आन्दोलित छन् । स्थानीय ९४ घरधनीहरुले हस्ताक्षर गरी साविकमै वस विसौनी कायम गर्न संयुक्त माग गरी सरोकारावाला कार्यालयहरुमा बुझाइसकेका छन् ।
बस विसौनी संघर्ष समितिका संयोजक सीताराम खाइतूले सवैलाई जागरुक बनाउन दर्जन भन्दा वढी फ्लेक्सहरु टाँंगेको जानकारी गराए । फरकफरक फ्लेक्समा फरकफरक फरक नाराहरु लेखेर फ्लेक्स टाँसेको जानकारी उनले गराए ।
बस विसानी अन्यत्र सार्ने भेउ पाएपछि स्थानीयले भक्तपुर नगरापलिका वडा नं ८ लिवाली र सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल कार्यालयमा पुगेर दुवै वडा अध्यक्षहरुको ध्यानाकर्षण पनि गराइसकेका छन् । आर्थिक चलखेलका कारण वस विसौनी स्थानान्तरण गरिएको भन्दै स्थानीयले दुवै वडा अध्यक्षहरुलाई सहयोगका लागि आग्रह गरेका थिए । जगाती वस विसौनी भक्तपुर नगरपालिका वडा नं ८ र सूर्यविनायक नगरपालिका वडा नं ८ को सिमामा पर्दछ । यही कारण स्थानीयले दुवै वडा अध्यक्षहरुसँंग सहयोगमा माग गर्न पुगेका थिए । स्थानीयको माग बमोजिम दुवै वडा कार्यालयहरुले यथास्थानमा वस विसौती राख्ने व्यवस्था मिलाउन सूर्यविनायक धुलिखेल सडक आयोजनालाई पत्र काटेका छन् । उहिलेदेखि चल्दै आएको वस स्टपलाई स्थानीय निकायहरुसँंग कुनै छलफल नै नगरी स्थानान्तरण गरिएको भन्दै दुवै वडा कार्यालयहरुले आयोजनाको कार्यालयलाई पत्र काटेका छन् । साथै कार्यायलहरुले जिल्ला प्रशाशन कार्यालय भक्तपुर, जगाती प्रहरी बृत भक्तपुरलाई पनि बोधार्थ पठाएका छन् । यसअघि स्थानीयले सडक विभाग सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनाको कार्यालय मध्यपुर थिमि भक्तपुरका प्रमुखसमक्ष पनि बस विसौनी यथास्थानमा राख्न ज्ञापनपत्र बुझाएका थिए ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारको क्रममा हाल वस विसौनी सार्न खोजिएको हो । यसअघि भएको डिपिआरमा बस विसौनी जस्ताको तस्तै उही ठाउँंमा राखिए पनि पछिल्लो पटकको डिजाइनमा वस विसौनी अन्यत्र सार्न खोजिएको स्थानीयले बताएका छन् ।
बस विसौनी सार्न खोजिएको भन्दै विरोधका लागि स्थानीयले संघर्ष समिति पनि बनाएका थिए । स्थानीय सीताराम खाइतूको सयोजकत्वमा स्थानीयले संघर्ष समिति गठन गरी संघर्ष गर्दै आएका छन् ।
बस विसौनीलाई जस्ताको तस्तै राख्न मागसहित सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाएपछि पनि त्यसको सुनुवाई नभएपछि ध्यानाकर्षण पनि गराएका छन् । यही क्रममा उनीहरु आन्दोलित छन् ।
उता आफूहरुसँंग कुनै छलफल नै नगरी एकतर्फी रुपमा वस विसौनी सारिएको भन्दै वडा कार्यालयहरुको आपति छ । बस विसौनी यथास्थानमै कायम गरी स्थानीयका माग सम्वोधन गर्न आयोजनालाई उनीहरुले पत्र काटेको छन् ।
अरनिको राजमार्ग बनेदेखि चल्दै आएको पुरानो बस विसौनीलाई हटायो भने भक्तपुरका विभिन्न ठाउँंहरुमा जाने मानिसहरुलाई समस्या पर्ने स्थानीयको भनाई छ । बस विसौनी अन्यत्र सारे भक्तपुर नगर आउने, ख्वप कलेज, ख्वप अस्पताल, बागीश्वरी मावि,कलेज, डोलेश्वर, मलामीका लागि हनुमानघाट जाने मानिसहरु प्रभावित भई जनजीवन नै समस्यामा पर्ने उनीहरुको भनाई छ ।
स्थानीयका अनुसार राजमार्ग बनेको बेला २०२१ सालदेखि नै जगातीको वस विसौनी जगातीमै रहेको थियो । अरनिको राजमार्ग तत्कालिन राजा महेन्द्रको पालामा नेपाली कलाकार अरनिकोको नाममा चीन सरकारले बनाइदिएको चीनसँंग जोड्ने राजमार्ग हो ।
अरनिको राजमार्ग चीनसँंग जोड्ने मुख्य राजमार्ग हो । पछिल्लो वर्ष बनेपा सिन्धुली बर्दिबास सडक निर्माण सम्पन्न भएपछि काठमाडौंलाई तराईसँग जोड्ने यो छोटो राजमार्ग पनि हो ।
बस विसौनीलाई हालको भन्दा केही सय मिटर पश्चिम सूर्यविनायक अस्पताल नजिकै सार्ने डिजाइन तयार गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

