Prithvi Post

काठमाडौ । तपाई स्टिल स्ट्रकचर (फलामको प्रयोग) बाट बहुतल्ले घर बनाउने योजनामा हुनुहुन्छ र स्ल्याव (भुइँ)का लागि के गर्ने भन्ने दोधारमा हुनुहुन्छ भने अव चिन्ता लिनुपर्ने दिन गएको छ । नेपालमै डण्डी विनाको ढलान सफल भएको छ ।
इको प्यानल नेपालले लामो अध्ययन अनुसन्धानपछि यसको सफल प्रयोग भएको जनाएको जनाए । कम्पनीले जनाए अनुसार सन् २०१५ देखि स्टिल स्ट्रकचरको बहुतल्ले घरका लागि भूकम्पप्रतिरोधी रुपमा कसरी बनाउन सकिन्छ भनेर जापानी टोलीसँंग मिलेर यो अनुसन्धान गरिएको थियो । विदेसमा पहिलादेखि नै प्रयोगमा आइसकेको र हाल भक्तपुरलगायत नगरकोटका केही स्थानमाहरूमा स्टिल स्ट्रकचरल घरहरुमा यसको सफल प्रयोग भइसकेको जनाइएको छ ।
इको प्यानल नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृणभक्त दुवालका अनुसार यस प्रविधि अनुसार घर बनाउँंदा फलामको प्रयोग हुन्छ । आरसीसी ढलानमा जस्तै जग भन्दा मुनी ढलान कै हात्ती पाइला र टाइबिम हुन्छ भने माथि पिलर र विम हाल चलिआए जस्तै फलामकै हुन्छ । उनका अनुसार स्ल्याबका रुपमा साढे दुई इन्चको ढलान हुन्छ । यो ढलानमा डण्डीको प्रयोग गरिंदैन । यसमा सिमेन्ट, वालुवा, थर्माेकोल र विशेष प्रकारको केमिकलको प्रयोग हुन्छ । थर्माेकोलको प्रयोगका कारण यो तुलनात्मक रुपमा निकै हलुका हुन्छ । यही कारण थेग्न सजिलो मात्रै नभई भूकम्प प्रतिरोधी पनि हुन्छ । यसमा ढलानका लागि पुरानो घरमा दलिन राखे जस्तै फलामका दलिनहरु राखिन्छ । साथै त्यसमाथि प्लाइबोड राखेर त्यसमाथि हलुका निर्माण सामाग्री राखेर ढलान गरिन्छ ।
यसअघिका स्ट्रकचरल घरका मुख्य समस्या नै स्ल्याबका रुपमा के गर्ने भन्ने थियो, इन्जिनियर दुवालले भने, अव त्यो समस्या हाम्रो अनुसन्धानले समाधान गरिदिएको छ । यसअघि एकतल्लाको स्टिल स्ट्रकचरमा समस्या थिएन । किनकि एकतल्ला मात्रै भएपछि माथिल्लो तल्लोमा छानोका रुपमा जस्तापाता राखिन्छ । तर बहुतल्ले बनाउनु पर्यो भने समस्या थियो । अहिले त्यही समस्याको समाधान निस्केको हो ।
उनका अनुसार आरसीसी घरमा स्ल्याब ढलान गर्दा सामान्यतयाः सात सय स्क्वायरफिट ढलान गर्दा एक टिपर वालुवा, एक टिपर रोडा, ६० बोरा सिमेन्ट लागेर ३० टन जतिको भार हुन्छ । तर फलामको स्ट्रकचरमा यो डण्डी बिनै लाइट वेट (हलुका) प्रविधिबाट गरिने स्ल्याव ढलान हलुका हन्छ । यसको वजन २ टन भन्दा बढी हँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।