Prithvi Post

सुडाल । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ८ स्थित चरेलीमा एक सय आठ फिट उचाईको (बसेको) सरस्वतीको मूर्ति निर्माण हुने भएको छ ।
१०८ फिटे सरस्वतीको मूर्ति निर्माणका लागि चाँंगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सोमबार चागुनारायण नगरपालिका ८ स्थित भुतेको ढुंगा (चरेलिम) मा निर्माण कार्यको शुभारम्भ गरे ।
यो निर्माणको परिकल्पनाकार ईश्वरकृृष्ण महाराज रहेको कार्यक्रममा बताइयो । कार्यक्रममा बताइए अनुसार सम्पूर्ण कार्य कार्यको कुल लागत करिब ४२ करोड रहेको छ । हाल फाउन्डेशनको कार्यको लागि ८० लाखको काम हुन लागेको जनाइएको छ । यसमध्ये १३ लाख ५० हजार नगरपालिकाबाट र बाँकी रकम पहिला संकलन भएको सहयोगबाट पूर्ति गर्ने जनाइएको छ ।
निर्माण कार्यकै लागि सोमबार जगपुजा गरिएको थियो । पूजाको प्रमुख अतिथि प्रमुख जीवन खत्री थिए । अतिथिहरुमा वडा अध्यक्ष जनक खत्री, अर्का वडा अध्यक्ष श्यामकृष्ण नयाँजु श्रेष्ठ रहेका थिए । निर्माण समितिको अध्यक्ष निवर्तमान वडा अध्यक्ष परासर सापकोटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।