Prithvi Post

जिल्ला प्रशासन कार्यालय, भक्तपुर नेतृत्वको टोलीले अवैध रुपमा माटो बोक्दै गरेको अवस्थामा ९ वटा टिपर नियन्त्रण लिएको छ । शुक्रबार कार्यालयले अवैध रुपमा माटो बोक्दै गरेको अवस्थामा चाँगुनारायण नगरापालिका वडा नं ५ बाट ९ वटा टिपर नियन्त्रण लिएको हो ।

अवैध रुपमा माटो असारपसार हुने गरेको भन्दै स्थानियको चर्को विरोधपछि कार्यालयले नगरापालिकासँगको सहकार्यमा छड्ने अनुगमन गरेको थियो । जिल्ला प्रशासन कार्यालय, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीबी भण्डारीले अवैध रुपमा माटो असारपसार हुने गरेको सुचना पाएपछि नगरापालिकासँगको सहकार्यमा छड्ने अनुगमन गरेको जानकारी दिए । सो क्रममा ९ वटा टिपर नियन्त्रणमा लिई नगरापालिकालाई जिम्म लगाइएको बताए ।

यता, चाँगुनारायण नगरापालिकाका शाखा अधिकृत÷सूचना अधिकारी अनुप लामिछानेले पनि जिल्ला प्रशासन कार्यालय र नगरको टोलीले गरेको संयुक्त अनुगमनका क्रममा ९ वटा टिपरले स्वीकृति विना माटो असारपसार गरेको पाइएपछि नियन्त्रण लिएको स्वीकार गरे । उनले आज शुक्रबार भएकाले टिपर साँचो नियन्त्रण लिइ राखिएको र आइतबार थप छलफलपछि आर्थिक ऐनमा व्यवस्था गरिएको बमोजिक जरिवाना हुने बताए ।

आर्थिक ऐमा स्वीकृति विना माटो बालुवा असारपसार गरेको पाइए निसान गार्डीलाई २८ हजार, टिपरलाई ४३ हजार र डोजरलाई ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । पछिल्लो समय चाँगुनारायण नगरपालिका विशेष गरी वडा नं ३ र ५ मा अवैध रुपमा माटो ओसारपसार हुने गरेको छ । व्यवसायीहरुले घरजग्गा सम्याउने नाममा नगरापलिकाबाट ५÷६ वटा गाडीको स्वीकृत लिई ४०÷५० वटा गाडीबाट माटो ओसारपार गर्ने गरीएको स्थानियको दावी छ ।

यस विषयमा स्थानिय जनप्रतिनिधिका साथै प्रहरी प्रशासन पनि अनविज्ञ भने छैन् । तर पनि प्रहरी र जनप्रतिनिधिलाई हातमा लिई यस्ता क्रियाकलाप हुने गरेको स्थानियको आरोप छ । यता, शुक्रबारै चाँगुनारायण नगरपालिका वडा नं ३ कोल्पाकोट ओरालोमा निसान गाडीले चाँगुनारायण नगरपालिका वडा नं ५ पिखेल बस्ने ७२ बर्षीय केकई मग्रराती मगरलाई ठक्कर दिदा मृत्यु भएको छ । माटो बोक्न प्रयोग हुदै आएको प्रदेश ३–०१–००३ क ४६३७ नम्बराको निसान गाडी व्यासीबाट झैखेल तर्फ जादै गर्दा ठक्कर दिदा गम्भिर घाइते भएकी मगरको काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा प्रहरीले भक्तपुर नगरपालिका वडा १० कमलविनायक बस्ने ५७ बर्षका चालक ईन्द्र नारायण सितखुलाई नियन्त्रण्मा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।