Prithvi Post

सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । उनको सटामा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । कुलमानलाई हटाइएसँंगै विभिन्न क्रिया प्रतिक्रियाहरु आएका छन् ।
सोमबार (आज) साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो। घिसिङ २०७८ साउन २५ गते दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए।
चार वर्षीय उनको कार्यकाल आउँदो साउन २४ गते सकिँदै थियो। तर, सरकारले कार्यकाल सकिनु चार महिना मात्रै बाँकी छँदा हटाएको हो।
घिसिङ डेडिकेटेड र ट्रंकलाइनका कारण विवादमा थिए। यसअघि ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई कारबाही गर्नका लागि प्रस्ताव मन्त्रिपरिषद पु¥याएका थिए। यसपछि सरकारले हटाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

By पृथ्वीपोस्ट संवाददाता

पृथ्वीपोस्ट डट कम पृथ्वीपोस्ट प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।