काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर किर्तीमान कायम गरिररहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । भने आइतबार स्थानीय बजारमा प्रतितोला २ लाख ३ हजार ६०० मा किनबेच भएर हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य सोमबार तोलामा १ हजार ७ सय रुपैयाँ बृद्धि भई प्रतितोला २ लाख ५ हजार ३ सय रुपौयँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ४७० पुगेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔस अमेरिकी डलर तीन हजार चार सय ८० हाराहारीमा कारोबार भइरहेको जनाइएको छ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

