Prithvi Post

काठमाडौं । आफ्नै घरमा लुकाएर राखिएको अवस्थामा चार करोड रकमसहित मिटरव्याजी ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका मिटर सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको प्रहरीले जनाएको छ ।

उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी तथा प्रवक्ता शेखर खनाल भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी मिटरब्याजी रहेको देखिन्छ । सुनका गरगहना धितो राखेर अनुचित लेनदने गरेको देखिन्छ ।’ ७७ वर्षीय श्रेष्ठले आफ्नै घरमा अवैध करिब चार करोड राखेका थिए । अहिलेसम्म बरामद रकमअनुसार ३ करोड ७५ लाख रुपैयाँ रहेको प्रहरीले बताएको छ । त्यसैगरी सुनका गरगहनाहरु पनि बरामद भएको पाइएको छ । सुनको जाँच गर्न र तौल गर्न बाँकी रहेको प्रहरीले बताएको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् । पक्राउ परेका श्रेष्ठको गोरखामा पनि घर रहेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0