काठमाडौँ । इन्द्रजात्रा बिहीबारबाट विधिवत् रूपमा सुरु भएको बताइएको छ । बुधबार बिहान १० बजेर ३१ मिनेको शुभ साइतमा इन्द्रध्वजोत्थान पश्चात् विधिवत् रूपमा इन्द्रजात्रा सुरु भएको बताइएको छ । आठ दिनसम्म चल्ने जात्राको पहिलो दिन पुलुकिसी, लाखे, सवःभकु पनि निकालिन्छ । विशेषतः आजको दिनलाई ‘उपाकु’ भनिन्छ । विहिबारको साँझ नेवार समुदायबाट मृतकको सम्झनामा बत्ती (पाल्चाः) दिँदै नगर परिक्रमा गर्ने पनि परम्परा रहिआएको छ । इन्द्रजात्राको अन्तिम दिन नानीचा याः मा लिङ्गो (यःसिं) ढालेपछि यो जात्रा समापन भएको मानिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1