Prithvi Post

४ कार्तिक २०८२, सोमबार

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एक समारोहका बीच उद्घाटन गर्नुभएको सो महाधिवेशन ३ दिनसम्म चल्ने छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सुरु भएको महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको बताउनु भएको छ ।

यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका अध्यक्ष डा।पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा।विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुने बताइएको छ । बिहीबार केन्द्रीय सचिवालय बैठकमा फरक मत दर्ता गराएका स्थायी कमिटी सदस्य कर्ण थापाको पनि आज प्रस्तुति हुनेछ । अहिले महाधिवेशनस्थलमा नेता–कार्यकर्ताहरु आउने क्रम जारी छ । उनीहरुलाई कलाकारहरुले विभिन्न झाँकीसहित स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0